Posts

Showing posts from 2022

Kakani Visit (ककनी यात्रा)

Image
३२ असाढ २०७९, शनिवार  बिहानको मिर्मिरेमै निन्द्रा खुल्यो तत्पश्चात दैनिक नित्यकर्म सकिएपछि हामी पदयात्रामा जाने तयारीमा जुटेउँ। यो पदयात्रा निकै पछि बल्ल तल्ल जुरेको थियो।   हामी निकै उत्साहित मुद्रामा करिब ७:३० बजे बिहान नयाँ बसपार्क हुँदै यात्रामा निस्किएउँ। आज बिहानैदेखि मौसम निकै सुन्दर थियॊ, शनिबारको दिन भएकोले पनि होला बाटोमा कुनै भिडभाड थिएन, अत्यन्त रमणीय दृश्यावलोकनको साथमा पानीको छहरा, हिमाल तथा प्राकृतिक सुन्दरताको काखमा हामी कतिखेर तार्केश्वोर नगरपालिका कटेर नुवाकोट जाने मुख्य द्दार पुगेउँ पत्तै भएन।  नुवाकोट मुख्य द्दार बाट करिब २ कि. मि. पछि हाम्रो बिजुलीको गाडीको ब्याट्रीले त्यति साथ दिएन तसर्थ हामिसँग २ ओटा मात्र बिकल्प थिए। कि पैदल यात्रा हुँदै ककनी पुग्नु कि त त्यहीं बाट काठमाडौँ फर्कनु, हामीले आगाडी बढ्ने निर्णय लिगेउँ। बिहानको करिब ९  बजे हाम्रो पैदल यात्रा सुरु भयॊ।  पैदल यात्राको क्रममा हामिलाई छोटो तथा सजिलो बाटो पहिल्याउन निकैजनाले बहुत मद्दत गर्नुभयॊ।  बाटो भुलिनु त कहिले पानि परेर बिचमै रोकिनु यात्राको अर्को रमणीय पाटो थियो। यात्रा निकै आनन्ददायी थियो अझ मेरो