Kakani Visit (ककनी यात्रा)

३२ असाढ २०७९, शनिवार 

बिहानको मिर्मिरेमै निन्द्रा खुल्यो तत्पश्चात दैनिक नित्यकर्म सकिएपछि हामी पदयात्रामा जाने तयारीमा जुटेउँ। यो पदयात्रा निकै पछि बल्ल तल्ल जुरेको थियो।  

हामी निकै उत्साहित मुद्रामा करिब ७:३० बजे बिहान नयाँ बसपार्क हुँदै यात्रामा निस्किएउँ। आज बिहानैदेखि मौसम निकै सुन्दर थियॊ, शनिबारको दिन भएकोले पनि होला बाटोमा कुनै भिडभाड थिएन, अत्यन्त रमणीय दृश्यावलोकनको साथमा पानीको छहरा, हिमाल तथा प्राकृतिक सुन्दरताको काखमा हामी कतिखेर तार्केश्वोर नगरपालिका कटेर नुवाकोट जाने मुख्य द्दार पुगेउँ पत्तै भएन। 

नुवाकोट मुख्य द्दार बाट करिब २ कि. मि. पछि हाम्रो बिजुलीको गाडीको ब्याट्रीले त्यति साथ दिएन तसर्थ हामिसँग २ ओटा मात्र बिकल्प थिए। कि पैदल यात्रा हुँदै ककनी पुग्नु कि त त्यहीं बाट काठमाडौँ फर्कनु, हामीले आगाडी बढ्ने निर्णय लिगेउँ। बिहानको करिब ९  बजे हाम्रो पैदल यात्रा सुरु भयॊ।  पैदल यात्राको क्रममा हामिलाई छोटो तथा सजिलो बाटो पहिल्याउन निकैजनाले बहुत मद्दत गर्नुभयॊ। 

बाटो भुलिनु त कहिले पानि परेर बिचमै रोकिनु यात्राको अर्को रमणीय पाटो थियो। यात्रा निकै आनन्ददायी थियो अझ मेरो जीवनकी अर्धांगिनी संगको सम्भवत पहिलो पदयात्रा भएकोले पनि थप प्रेमपुर्ण तथा अविष्मरणीय हुनु स्वाभाविक थियो। 

यत्तिकैमा करिब ११:१५ बजे हामि ओखरपौवा, खानीखोलाको हुँदै ककनीको गुम्बा नजिक पुगेउँ।ककनीको यात्रा मेरो लागि भने दोश्रो पल्ट थियो, अहिले ककनी निक्कै परिवर्तन भएको रहेछ, बाटो फराकिलो भए पनि पक्कि भने अझै हुन सकेको रहेनछ। 

यात्राको क्रममा हामीले ककनीको पार्क संगै उत्तर पुर्व बाट हिम्श्रीन्खलाको दृश्यवालोकन गर्ने अवसर प्राप्त भयॊ। सबैभन्दा यात्रा भरिको अनौठो कुरा भनेको त्यहाँको मौसम रहेछ। छिन् छिनमा फेरिने तथा कहिले चिसो तथा कहिले पुरै तुवाँलो लाग्ने रहेछ। 

हामीले भ्रमणको क्रममा एउटा स्थानीय रेस्टुरेन्टमा निक्कै स्वदिलो चिया नास्ता गर्ने अवसर प्राप्त भयो। 

करिब १:०० बजे हाम्रो फर्कने तयारी सुरु भयो। फर्कंदा खेरि निकै ठुलो पानी परेपछि हामि केहीबेर ओत लागेर बसेउँ।  पानी बिदा भए पछि हामी निक्कै छिटो ओरालो बाटो झर्न सफल भएउँ। करिब २:३० बजे हामि नुवाकोट को मुख्य द्दार फिर्ती भैसकेका थिएउँ। फर्कदा बाटोमा ऒशो तपोबन समेत पस्ने अर्को सौभाग्य जुर्यो। तत्पश्चात करिब ४:३० बजे निक्कै रमाइलो यात्रा को स्मरणको साथमा हामि आफ्नो गृह नगरी आइपुगेउँ। 

हाम्रो यात्रामा सहयोग गर्ने सम्पूर्णलाइ धेरै धन्यवाद दिदै अर्को यात्राको बारे फेरी लेखमा भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु। 

-लेखक 

Comments

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

जीवनको एउटा अभुत्पुर्व क्षण !

Comeback after a decade !!!