Posts

Showing posts with the label Kailash Mansarovar Yatra 2019

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

Image
कैलाश मानसरोवर यात्रा (श्रावण २३ देखी ३१ २०७६) कैलाश पुग्ने लाग्छ यो धेरै पुरानो सपना वा धोको थियो, भनिन्छ, कतिपय सपनाहरु देख्दैमा पुरा हुन्नन रे अनि कत्ति  सपना देखेको मात्र पुरा हुन्छ रे.. त्यस्तै मेल खायो मेरो जीवन मा पनि, कैलाश यात्रा यो जीवनको अबिश्मरणिय क्षण बन्न पुग्यो, जुन दुर्लभ अनुभुती म हजुर हरु माझ्  Share गर्दैछु| पहिलो दिन /Day 1 काठमाडौं - स्याफ्रुबेशी(२२५ मि. /१४२ कि मि.)  काठमाडौं बाट हाम्रो Jumbo टोली लघभग बिहानको ७:३० तिर थानकोट हुँदै स्याफ्रुबेशी प्रस्थान गरियो, बाटोमा देखिएका मनोरम प्राकृतिक द्रिश्य, हिमाल, झरना, निलो आकाशले मेरो मन साह्रै नै खिचिरहेको थियो,आँखिर प्रक्रितीको काँखमा नरमाउने कमै होलान.. तैपनि आफ्नो एक विषेस प्रकृति  प्रेमले भित्र कता -कता निकै तानिरहेको महसुस हुन्थ्यो।  धुन्चे पुगेपछी हामीलाई बिहानको स्वदिस्ट तात्तातो Typical नेपाली भोजन प्राप्त भयो, तत्पस्च्यात पुन: हाम्रो यात्रा सुरु भयो, कहिले नदेखेका मनोरम द्रिश्य, स्थानिय संस्क्रिति र प्रकृतिक छटाले यात्रा निकै रोमान्चक हुँदै थियो। यात्रामा पानी पर्नु अर्को रमाइलो सँगम बनिरहेको थियो, यसैगरी यात्