Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

कैलाश मानसरोवर यात्रा (श्रावण २३ देखी ३१ २०७६)
कैलाश पुग्ने लाग्छ यो धेरै पुरानो सपना वा धोको थियो, भनिन्छ, कतिपय सपनाहरु देख्दैमा पुरा हुन्नन रे अनि कत्ति  सपना देखेको मात्र पुरा हुन्छ रे.. त्यस्तै मेल खायो मेरो जीवन मा पनि, कैलाश यात्रा यो जीवनको अबिश्मरणिय क्षण बन्न पुग्यो, जुन दुर्लभ अनुभुती म हजुर हरु माझ्  Share गर्दैछु|

पहिलो दिन /Day 1
काठमाडौं - स्याफ्रुबेशी(२२५ मि. /१४२ कि मि.) 
काठमाडौं बाट हाम्रो Jumbo टोली लघभग बिहानको ७:३० तिर थानकोट हुँदै स्याफ्रुबेशी प्रस्थान गरियो, बाटोमा देखिएका मनोरम प्राकृतिक द्रिश्य, हिमाल, झरना, निलो आकाशले मेरो मन साह्रै नै खिचिरहेको थियो,आँखिर प्रक्रितीको काँखमा नरमाउने कमै होलान.. तैपनि आफ्नो एक विषेस प्रकृति  प्रेमले भित्र कता -कता निकै तानिरहेको महसुस हुन्थ्यो। 
धुन्चे पुगेपछी हामीलाई बिहानको स्वदिस्ट तात्तातो Typical नेपाली भोजन प्राप्त भयो, तत्पस्च्यात पुन: हाम्रो यात्रा सुरु भयो, कहिले नदेखेका मनोरम द्रिश्य, स्थानिय संस्क्रिति र प्रकृतिक छटाले यात्रा निकै रोमान्चक हुँदै थियो।
यात्रामा पानी पर्नु अर्को रमाइलो सँगम बनिरहेको थियो, यसैगरी यात्रा अगाडि बढ्दै थियो, यस्तैमा बेलुकीपख करिब् ७:०० बजे हामी स्याफ्रुबेशी आइपुगेउ, जुन तिब्बत सिमासँग जोडीएको भुभाग रहेछ, तत्पस्च्यात हामी लज पुगेउ, जहाँबाट चारैतिर सुन्दर हिमालको द्रिश्य देखिने रहेछ|

अली-अली थकाई पनि लागेको हुनाले बेलुकी को भोजन पस्च्यात कति  खेर लुत्टुक निदाइयो पत्तै रहेन|    

दोश्रो दिन /Day 2
स्याफ्रुबेशी - रसुवागढि (३८ किमी. /२९०० मि.)
बिहानिको मनमोहक रोशनी सँगै स्वादिस्ट नास्ता पस्च्यात हाम्रो आजको यात्रा केरुङ शहर (तिब्बत-चिन) तर्फ अगाढि बढ्यो, स्याफ्रुबेशी बाट करिब् १३ किमी दुरिमा रसुवागढि नाका पर्ने रहेछ! रसुवागढि नाका पुग्नासाथ एउटा अबिश्वोसनिय घटना घट्यो, जहाँं हामीलाई स्वागत गर्न धेरै समयसम्म भेट नभएका प्यारा मित्र समिरजी कुरिराख्नु भएको रहेछ, जुन भेटले यात्रामा बिल्कुल नौलो रमणियता थपियो|
नेपाल र चाइनाको भन्सार अघि देखिनै लाइन सुरु भयो, करिब् ३० मिनेट पस्च्यात् हामीलाई आवश्यक कगजात, (तिब्बत् पास) देखाएर अघि बढ्नको लागि चिनिया पथ्पर्दशकले धेरै सहयोग गर्नुभयो|
ठुलो समुहमा १ जना मात्र पनि अफ्ट्यरो परेमा कुरेर बस्नु सबैको कर्तव्य हुने रहेछ, सौभाग्यवस हाम्रो सम्पूर्ण टोली  करिब दिउँसो २.३० तिर भन्सार पास भईयो, त्यसपछी करिब २५ किमी। यात्रा पछि हामी केरुङ शहर पुगेउ, केरुङ शहर पुग्दा, हल्का पानी पर्नु, चिसो थोरै बढ्नुले हामीलाई सितल अनुभुती भाईरहेको थियो, शहर को बिचमा हाम्रो लागि सुन्दर होटल बुक भएको रहेछ, अबेर भाईसकेकोले होटल चेक-इन पस्च्यात सिधै बेलुकिको खानाको लागि प्रस्थान गरियो।

थोरै थकाई महसुस भैरहेको हुनाले बेलुकीको भोजन पस्च्यात कति खेर भुसुक्कै निदाइयो थाहै भएन|

तेश्रो दिन /Day 3
केरुङ - साँगा (१८० किमी. /४५०० मि.)
बिहानको सुरुवाति मै निन्द्रा खुलेछ, नयाँ ठाउँ, नयाँ अनुभुती सँगै होटलको झ्यालबाट देखिएको सुन्दर हिमश्रीन्खला ले मेरो मन पुर्णरुपमा लोभ्यायो, स्नान पस्च्यात बिहानिको स्वादिस्ट नास्ता प्राप्त भयो, प्रफुल्लित भाव सँगै बिहानको यात्रा प्रारम्भ भयो|
आजको यात्रा अलि लामो रह्यो, यात्रा लामो हुनु खासमा झन रमाइलो हुने रहेछ, फराकिलो सडक, सुन्दर प्रक्रितिका छटाहरु, मनमोहक द्रिश्यहरु, कलात्मक गुम्बा र घमाइलो दिन, यस्तैमा बिच बाटोमा पुगेपछि दिउसो को प्यकिङ नास्ता प्राप्त भयो, नास्ता पस्च्यात फेरी हाम्रो रमणिय यात्रा जारी रह्यो, साँगा पुग्नु अघिनै  पवित्र नदी ब्रम्ह्पुत्रको संगम पर्ने रहेछ, ब्रम्ह्पुत्रनदीको अवलकोन संगै प्रसस्त फोटो खिचियो, अनि खुब गफिदै हाम्रो टोली साँगा पुगेउँ|
साँगामा हाम्रो होटल निक्कै सुन्दर थियो, होटल चेक-इन पस्च्यात सिधै बेलुकिको खानाको लागि सबैजना प्रस्थान गरियो।

बेलुकी को भोजनपछि हामीलाई एक्छिन साँगा शहर पारिकर्मा गर्ने सु वसर जुर्यो, नयाँ ठाउँं, नयाँं भाषा, नयाँ व्यक्ति सँगको परिचयले हामी निकै खुशी हुंथेउ, करिब् १ घण्टाको घुमघाम पस्च्यात् हामी पुन: होटल तर्फ प्रस्थान गरेउँ ,आजको दिन निक्कै अविश्मरणिय बित्यो|    

चौथो दिन /Day 4
सँगा-मानसरोवर (५३०किमी. /४५६०मी. /०७ घण्टा)
सिमसिम पानि सँगै बिहानको निन्द्रा खुलेछ, हाम्रो आजको यात्रा अलि लामो र हामी समयमै मानसरोवर पुग्ने लक्ष्य साथ बिहानको नास्ता पस्च्यात तुरुन्तै सुरु भयो|
यात्राको दौरनमा हामीले पवित्र नदी ब्रह्म्पुत्रको शिर पनि देख्न पाएउँ, हाम्रो बस मानसरोवर चेक्पोस्ट कत्ति खेर पुग्यो पत्तै भएन, अचानक हामीले अत्यन्त मनमोहक मानसरोवर तालको दिव्य द्रिश्य र कैलाश पर्वतको तलै बाट दर्शन भयो| त्यहाँ पुगेपछि हाम्रो बस परिवर्तन हुने रहेछ, हामी सबै जना अर्को बसमा चढेउ, कारीब १ घण्टा जती मानसरोवर तालको दिव्य पारीक्रमा हुने रहेछ, लाग्छ यो जीवनको नौलो तथा दिव्य अनुभुती रह्यो, परिक्रमा पस्च्यात हामीलाई पवित्र स्नान गर्ने दुर्लभ अवसर समेत प्राप्त भयो, यँहाबाट कैलाश पर्वतको दक्षिण भाग देख्न सकिने रहेछ|
मानसरोवर परिक्रमा पश्च्यात हामीले राक्षस तालको पनि अवलकोन गर्ने अवसर प्राप्त गरेउँ, घाम झुल्कनै लागेको थियो, जताततै देखिएको दिव्य मनमोहक द्रिश्यले हामी भावपूर्ण तथा आनन्दित भएउं, आजको बसाइँको लागि हामीलाई चुइगोम्पा(मानसरोवरमा) मड बाट बनेको लज बुक गरिएको रहेछ|
सबैजना लाई लजमा चेक-इन गर्न तथा तातो पानि बितरण गर्न खुब सहयोग गर्दै हामी पनि भोजन पस्च्यात आजको रात यहिं बिताएउँ|

पांचौ दिन /Day 5
मानसरोवर- दार्चेन(४०किमी. ४६२० मी. /०१ घण्टा)
आज बिहानै मानसरोवर नदीमा दिव्य स्नानको सौभाग्य प्राप्त भयो, 
बिहानै पख एकजना महिला साथीलाई altitude sickness भएछ, सौभाग्यवस हाम्रो यात्रामा आएका  rescue team ले थाहा पाइहालेछ्न, उनलाई सामान्य चेक-अप पछि ambulance बोलएर नजिकैको हस्पिटल पुर्‍याउनु भयो, हस्पिटल को सामान्य उपचार पस्च्यात उँहालाई ठीक भएछ र त्यही ambulance मार्फत निजलाई काठमाडौं सम्म ल्याउने ब्यबस्था भएछ|  
बिहानको १० बजे पछि सद्गुरुदेवबाट दिव्य रुद्राभिशेक तथा साधना सम्पन्न भयो, जुन शब्दमा अब्यक्त रह्यो, कारीब २ बजे पछि, हाम्रो लागि खाना/ नास्ता तयार भएको रहेछ, तत्पस्च्यात हाम्रो छोटो यात्रा अगाडि बढ्यो|
करिब १ घण्टा यात्रामै हामी दार्चेन पुगेउँ, दार्चेनमा हाम्रो लागि राम्रो लज बुक गरिएको रहेछ|
सबैजना राम्रो सँग चेक-इन पस्च्यात बेलुकाको खानासँगै आजको दिन रमाइलो सँग बित्यो|

छैटौ दिन /Day 6
दार्चन - देरापुक (४८६० किम. /६.५ घण्टा)
हाम्रो आजको यात्रा बिहानै सुरु भयो, करिव ८ किमी. बसको यात्रा संगै हामी यमद्द्वार पुगेउँ, जहाँ बाट पैदाल यात्रा सुरु हुने रहेछ अथवा आफ्नै खर्चमा घोडामा जाने ब्यबस्था पनि गरिएको रहेछ| 
स्वास्थ्य अवस्था ठिक नभएका वा पारीक्रमा जान नसक्ने यात्रीलाई बस्न र खानको ब्यबस्था दार्चेनमै गरिदो रहेछ| आजको मौसम बदलिसंगै बाटोभरी नै सिमसिम पानी परिनै रह्यो, कारीब ६ घण्टाको पैदल यात्रा संगै हामी देरापुक पुगेउँ| देरापुक कैलाशपर्वतको उत्तरि भाग रहेछ, जँहा बाट मनमोहक कैलाशपर्वतको दर्शन भाईरह्यो, हामी आज कैलाश पर्वतको सबैभन्दा नजिक पुगेउँ, जहाँं पुगेपछी हामीलाई लाग्यो कि आज हामी भगवतको काँखमा छौ|
आज केही साथीहरु लाई लामो हिंडाई पस्छ्यात निकै थकाईको महसुस भईरहेको थियो, एकले अर्को लाई कस्तो छ सोध्नु अनि आफुसँग भएका प्राथमिक उपचार (First Aid) दवाई बाट सानो तिनो मद्द्त गर्नुमा निकै आनन्दित हुने रहेछ| यस्तै-यस्तैमा बेलुकाको खाना पस्छ्यात हाम्रो रात देरापुकमा बित्यो|  

सातौं दिन /Day 7
देरापुक - डोलमाला (गौरीकुन्ड - जुथलपुक - ४७९० मी. /२२किमी. /१०-११ घण्टा) 
आज बिहानै सिमसिम पानीले कैलाशपर्वतमा प्रसस्तै हिउँ देखियो, पानी परेपछि बाटो चिप्लो हुने र परीक्रमा गर्न जोखिम तथा गार्हो पर्ने रहेछ| पहिलो ५.६ किमी. उकालो लागे पछि डोल्माला पास (५६३० मि.) पुगिने रहेछ, जुन कैलाश यात्राको सबैभन्दा उचाइमा पर्ने रहेछ|
बाटो निकै उकालो रहेछ, यात्राको बिच-बिचमा अन्य पदयात्री पनि भेट हुने रहेछ, यात्रा सँगै सुरु भएको भएपनि आफ्नो गतिमा हिडदा सबैजना सँगै नहुने रहेछ, यात्राकै क्रममा घोडामा परिक्रमा गर्ने यात्रीहरु पनि जम्काभेट भयो| डोल्माला पास गर्दै गर्दा गौरिकुन्ड तालको सुन्दर अवलकोन भयो, त्यसपछि करिब् ५.६ किमी. ओरालो गैसके पछि तेस्रो समथर बाटो सुरु हुने रहेछ|
त्यस्पछी अर्को ९/१० किमी. हिंडेपछी हामी जुथलपुक पुगेउँ, जँहा हाम्रो लागि सडकबाट ५०० मि. उचाइमाँ होटल बुक गरिएको रहेछ| निकै थकाई तथा रमणिय अनुभव पछी होटलमा पुगेर गरम पेय पद्दार्थ (Hot Chocolate)  पिउन पाउँदा निक्कै खुशी लाग्यो, बेलुकीको भोजनमा शेर्पा दाईहरुलाई सहयोग गरेर मिलेर बनाइयो, त्यसपछि बिश्रामको लागि होटलमाँ प्रस्थान गरियो|    

आठौ दिन /Day 8
जुथलपुक- दार्चेन - साँगा (५२० किमी. /७ घण्टा)
आज बिहान सबेरै उठेपछी प्यकिङ नास्ता तयार रहेछ, त्यसपस्च्यात हाम्रो पैदाल यात्रा सुरु भयो, करिब ८.९ किमी. यात्रा पछि दार्चेन पुगिने रहेछ, जँहा हामीलाई बसले कुरिरहेको हुने रहेछ, बसबाट ओर्लेपछि हामीले दार्चेनमा छोडेको साथीहरु सँग भेट भयो, सबैजना खुब खुशी हुनुभयो र हाम्रो परीक्रमा यात्राको अनुभव सुन्न लालयित हुनुन्थ्यो|
दार्चेनमा होटल पुगिसकेपछि हाम्रो खाना तैयार भैसकेको रहेछ| खाना पस्च्यात हाम्रो आज नै साँगा फिर्ती यात्राको तयारीमा जुटेउँ, करीव १ घण्टाको बिश्राम पछि हामी बसमा चढेर साँगा प्रस्थान गरियो|
साँगा पुगेपछी होटल चेक-इन पस्च्यात बेलुकिको खाना प्राप्त भयो, आजको बसाइँ साँगा होटलमा रह्यो| 

नवौ दिन /Day 9
साँगा - केरुङ (१८० किमी. /४ घण्टा)
आज बिहानैदेखि घरको याद आउन सुरु भैसकेको थियो, मनमा धेरै कुराहरु खेर्ल्दै थिए, ईन्टरनेट /टेलिफोन बाट केहिदिन भएपनि टाढा भएर बिताइएको यी दिनहरु साँचिकै जीवनको एउटा दुर्लभ क्षण तथा अबिश्मरणिय मिठो अनुभुती थियो, जुन अनुभूतिले जीवनलाई एउटा नविन मोडतर्फ डोर्याइ रहेको जस्तो महसुस हुन्थ्यो । बिहानको नास्ता पस्च्यात हाम्रो यात्रा सुरु भयो, आजको यात्रा केरुङ सम्मको थियो, रमाइला ति पलको याद गर्दै कतिखेर केरुङ आइपुगेउँ पत्तै भएन|
बेलुकीपख हामी केही gift  तथा Chinese सामान किनमेल गर्न बजार तर्फ निस्केउँ, करिव् २ घण्टा पछि अचानक एकजना नेपाली भाषा बोल्ने चाइनिज साथीसँगको भेटले हामी निकै हर्शित् भएउं, उँहासंग करिब ३० मिनेट भलाकुसारी पस्च्यात हामी पुन: होटलमा फर्कीएउँ, बेलुकीको खाना तैयार भईसकेकोले खाना पस्च्यात आजको बँसाइ केरुङ होटलमा रह्यो| 

दशौँ दिन /Day 10
केरुङ - रसुवागढी - काठमाडौं (१८० किमी. /८-९ घण्टा) 
आज कैलाशयात्राको दशौँ  दिन, अत्यन्त रमणिय यात्राको अन्तिम दिन अलि हल्का नरमाइलो पनि हुने रहेछ, किनकी मनले भन्दै थियो कि आज हामी सबैजना छुट्नेछौ र आ-आफ्नो गन्तव्य वा कार्यमा फर्कनेछौ र फेरि एस्तो संयोग जीवनमा कहिले आउने छैन, फेरि उसले एस्तो पनि भन्दै थियो कि... हुनत भौतिक शरीरमा सधैं सँगै त् को पो हुन्छ र? अनि हामी भावनात्मक हिसाबले कहिले पो छुटिएको छौ र... आदि. आदि, यस्तै कुराहरु मनमा खेलाउंदै, अन्तिम पलहरु हामीले निक्कै मनोरन्जनात्मक तरिकाले बिताउदै थियौ|
कहिले अन्ताक्षरि, कहिले फोटो खिच्ने त कहिले आफुसँग बाँकी खाना एक्ले अर्को लाई share गर्ने गर्दा गर्दै केरुङ - रसुवागढी नाका कतिखेर आपुगेउं पत्तै भएन, फर्कदा भन्सार पास गर्न सहज हुने रहेछ, भन्सार पास लगत्तै रसुवागढीमा निक्कै स्वदिलो नेपाली typical खाना प्राप्त भयो, तत्पस्च्यात फेरी हाम्रो यात्रा जारी रह्यो, बाटोमा निक्कै पानी परि रह्यो, रसुवा (धुंचे) पूगेपछि केही साथीहरु पुन: अर्को दिव्य यात्रा गोसाइन्कुन्ड तर्फ प्रस्थान गर्नु भयो, हामी चांहि थप रमाइला पलहरु सँगै काठमाडौं आइपुगेउं|
तपाईहरुलाई यस कैलाशयात्राको अनुभूति पढेर कस्तो लाग्यो, पक्कै छिट्टै जान मन पलायो होला:) 
हजुरहरुको जीवनमा पनि भोलेबाबा को आशिर्वाद होस्, यात्राको तयारी को लागि चाहिने कुनै पनि सल्लाह, मद्दत वा सुझाबको लागि सम्झनु भएमा धन्य हुनेछु|

मौका मिलेमा फेरि अर्को यात्राको मिठो पल सुनाउने बाचा गर्दै… तपाईहरुको दिन सुभ रहोस|

Comments

कैलास मान सरोवर जाने त मेरो पनि ठुलो धोको छ । भाग्यमा छ भने अवश्य पुगौंला। हजुरको यो ब्लगले त्यहाँ कहाँबाट कसरी जानु पार्दोरहेछ भन्ने कुरा पक्कै पनि जान्न सकिन्छ। जुन कुरा मा पहिले देखि नै जान्न चाहन्थे। साथै यात्राको वर्णनले त झनै उत्सुकता थपेको छ। यस यात्राको सम्पूर्ण वर्णनको ब्यग्र प्रतिक्षया मा छु।
कैलास मान सरोवर जाने त मेरो पनि ठुलो धोको छ । भाग्यमा छ भने अवश्य पुगौंला। हजुरको यो ब्लगले त्यहाँ कहाँबाट कसरी जानु पार्दोरहेछ भन्ने कुरा पक्कै पनि जान्न सकिन्छ। जुन कुरा मा पहिले देखि नै जान्न चाहन्थे। साथै यात्राको वर्णनले त झनै उत्सुकता थपेको छ। यस यात्राको सम्पूर्ण वर्णनको ब्यग्र प्रतिक्षया मा छु।
Helpful Anil said…
@Nandakishor ji,

It's really inspiring to hear your feedback. Will share more stories in the coming days & wish for your abode to Kailash Parikrama soon.
Om Namah Shivaya
So interesting explanation of 2nd and 3rd day of Kailas mansorovar yatra. curously waiting for next blog...Jai Sambho Jai Bholenath Om Oamaha Sivaya
Helpful Anil said…
Om Namah Shivaya Nanda ji,
pleased to share you an experience of day 4th/5th &6th as well. Have look at it.
कैलास मानसरोवर यात्रा विवरण सुन्दा मन त्यसै त्यतै कतै हराए जस्तै लाग्छ । त्यस्तो पवित्र स्थलको भ्रमण र दर्शन गर्ने सौभाग्य प्राप्त गर्नु भएकोमा हजुरलाई बधाई छ
Helpful Anil said…
THankyou so much Nanda ji, tapaiko bhawanatmak feedback ko lagi, pleased to share you experience of day 7/8/9&10 as well.
Hope you may blessed by bholebaba & your wishes may fulfiled soon.
Tara Ale Magar said…
Hjr ko yo blog le napugey pani pugey jhai anubhab vayo.. its so mesmerizing even to imagine the journey towards the most amazing place in this earth called MANSHAROVAR. Jay Shiva Shambho
Sharmila Lama said…
जय भोलेनाथ! एकदम मन छुयो हजुर को यात्रा अनुभव र मनोरम सुन्दर प्राकृतिक तस्बीर ले मनै हर्षित भए
अर्को पनि यस्तै मिठो यात्रा को वारे पोष्ट गर्नु हुन्छ भन्ने आशा राखेकोछु।
सार्है अविस्मरणीय यात्रा , अर्को यस्तै ब्लग को अपक्ष्या गर्दै
Bijen Lama said…
yatrako sundar anubhav, sabda ra tasbir le .. manssarovar ko yatra lai samjhana dilayo sir.. dherai dherai dhanyabad :)
Sri said…
The most awaited writing.
Blessed to feel the journey from your words...
Umesh Adhikari said…
Ofcourse,Yo adbhut drishya dekhda ra padda ta aananda aaune khalko x jhan tehako Live drishya, tehaho urja ,tehako nature, etc saga khelna pakkai pani man aanandit hunx hola, Bishes ta Spritual person haru ta jhan nature mai ramaune nature mai haraune ta swabhav nai ho, testo Divya Kailashman sarovar bhagawan bholenath ko kakh Bipra (Mahatma) ka ni Bipra ko yaad na aaune manxeharu ta kamai matra holan so man bhanda ni kripa hos bholenath babako hamisabailai <3 <3 Sabaiko Jaya hos
Kristina Itani said…
This comment has been removed by the author.
Kristina Itani said…
कैलास मानसरोवर भुमि लाग्छ धर्तीकै स्वोर्गलोक हुनुपर्छ|अझ हजुर्को यात्राको सुन्दर बर्णनले आफै पुगेको महसुस हुन पुग्यो|धेरै धन्यवाद तथा आभार|

Popular posts from this blog

जीवनको एउटा अभुत्पुर्व क्षण !

Comeback after a decade !!!