~त्यसरी होस् मरण~

~राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि बजाउन लेख्नुभएको गीत~


त्यसरी होस मरण!!!३.३

जसरी सुत्छ्न तारमा, तिनका चारु चरण!२

हिमाल चुली देशमा, दिनको शान्त भेषमा!!२

जसरी गर्छन विश्राम, सूर्यका स्वर्ण किरण!२

त्यसरी होस मरण!!!

सुंदर सृस्टि निहारी, सुखले चिम्लु नयन!२

बिहानिपख रातको, कुसुम पारिजतको!!२

जसरि जान्छ झरेर, भुईँमा बिना पवन!२

त्यसरी होस मरण!!!

मुटुमा चोट नपरि, टुटेर जाओस बंधन!२

बादलको सेतो रासमा, दुइटा, मूर्ति पासमा!!२

जसरि शिर नुहाई, आफैमा हुन्छन अर्पण!!२

त्यसरी होस मरण!३

जसरी सुतछन तारमा, तिनका चारु चारण!२

हिमाल चुली देशमा, दिनको शान्त भेषमा!२

अमरापुरी सभामा, आफैलाई गरुं बरण!!

त्यसरी होस मरण!!!

Comments

best ever.. deeply touched
Ramesh Kadel said…
सारै हृदयस्पर्शी र सुन्दै आनन्द आउने राष्ट्रकविज्युको यो बिपुलतम सृजना पस्कनुभएकोमा साधुवाद...|

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

जीवनको एउटा अभुत्पुर्व क्षण !

Comeback after a decade !!!