युरोप तथा यूके भ्रमण २०७३...(Europe &UK Tour 2016)

युरोप तथा यूके भ्रमण (कार्तिक २०७३)

युरोप सुन्ने बित्तिकै मलाई जहिले याद आउथ्यो कि त्यो ठाउँको सभ्याता, इतिहास, विविध संस्कृति, सडक र रेल कस्तो होला।

यस्तै मलाई याद आउथ्यो Parisको Eiffel Tower, बेल्जियमको Atomium, नेदरल्याण्डको Windmil, जर्मनको पर्खाल, स्विजरल्याण्डको Panoramic eurail, Mount Titles र इटालीको Lenin Tower, Colosseum आदि ..आदि। 

युरोप यात्राको क्रममा हामीले मध्य युरोपको ७ देशलाई छनोट गरेका थियेउँ जुन देशहरु थियो।
फ्रान्स (France), बेल्जियम (Belgium), नेदरल्याण्ड (The Netherlands), जर्मनी (Germany), स्विजरल्याण्ड (Switzerland), अस्ट्रिया (Austria) र इटाली (Italy)।

पहिलो दिन /Day 1
काठमाडौँ  - दोहा - पेरिस  (फ्रान्स)
आज २०७३ साल कार्तिक १३ गतेको दिन हाम्रो ३२ जनाको Jumbo टोलि युरोप भर्मणको लागि निकै उत्साहित साथ तयारीमाँ थिएउं।
बेलुकाको flight भएकोले हामी लाघभग ५.३० तिर Airport मा भेट्ने कार्यक्रम थियो,  पूर्वतयारी अनुरुप हामि सबैजना ५.४५ सम्म सबैजना भेट भएउं, हामि सबैजना समुहमा भएकोले चेक-इन गर्न सजिलो भयो, चेक-इन पश्च्यात Immigrationमाँ लाइनमा प्रस्थान गरियो, आफुले अगाडिनै चेक-इन गरेर Immigration officer लाई भेटेर सम्पूर्ण टोलि लाइ समयमै युरोप घुमाएर फर्काउने जिम्मा लिगे पश्च्यात हामी सबैलाई युरोप प्रस्थानको अन्तिम अनुमति प्राप्त भयो।
करिब १ घण्टा पछि हाम्रो काठमाडौँ बाट दोहा जाने Qatar Airlinesको scheduled जहाज आइपुग्यो, जहाजको यात्रा अत्यन्त आरामदायी रह्यो, करिब ३.५ घण्टाको यात्रा पश्च्यात हामी दोहा आइपुगेउं।
दोहा एरपोर्ट निक्कै ठुलो र ब्यबस्थित रहेछ|
करिब ४ घण्टा Transit पश्च्यात हामीले पेरिस जाने अर्को flight को boarding pass पाएउं, पेरिस जाने plane निक्कै ठुलो र झन् आरामदायी थियो, करिब ७ घण्टाको यात्रा पश्च्यात हामी पेरिसको Charles de Gaulle Airport माँ अवतरण भएउं।
सबैजना झरिसकेपछि हामि luggage counter तर्फ लगियो, १/२ जना साथीको luggageआउन अलि समय लाग्यो, तथापि सबै जनाको luggage सुरक्षित आइपुग्यो अनि हामि सबैजना Arrival Hall तर्फ अगाढी बढेउं जहाँ हाम्रो लागि receive गर्न local guide आइपुगिसक्नु भएको रहेछ।
करिब ४५ मिनेट पश्च्यात हामी पेरिस city center पुगेउं,  होटलमा चेक -इन गर्ने समय २ बजे मात्र भएकोले हामीलाई Palace of Versailles को घुमघामको लागि लग्नु भयो, Versailles palace अत्यन्त ठुलो gold plated दरबार रहेछ, जुन फ्रान्सका तत्कालिन राजा लुइ चौधौंले सोह्रौं सताब्दि तिर बनाएका रहेछन। Versailles palace visit पश्च्यात हाम्रो टोलिलाइ स्वादिस्ट दिउसोको भोजन प्राप्त भयो , तत्पस्च्यात हामी होटल चेक-इनको समय भैसकेकोले होटल तर्फ लागेउं, Eiffel Tower बाट करिब ८किमि. उत्तर पुर्व हाम्रो लागि सुन्दर चार तारे होटेल बुक गरिएको रहेछ।

सबैजनालाई  चेक -इन गरिसकेपछि हामी केहि साथीहरु ओरिपरि घुमघाममा निस्कीएउं, करिब २ घण्टा घुमघाम पश्च्यात हामी  पुन होटलमा फ़र्किएउं, बेलुकिको भोजन करिब ७.३० बजे तिर Indian Restaurant मा भयो, सबैजना निकै थाकिसकेकोले समयमै होटल प्रस्थान गरेउं, आजको रात पेरिस होटलमा बित्यो।

बाँकी अनुभब छिट्टै Share गर्नेछु...| 




Comments

eagerly awaiting complete travel experience
Now waiting is over and thank u for the sharing.. Europe is tha land of dream for most os us..Your journey eagerly waiting for complte episode sir..

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

जीवनको एउटा अभुत्पुर्व क्षण !

Comeback after a decade !!!