एस. एल. सी. नतीजा प्रकाशन:२०६५


काठमाडौं, असार ८ - परीक्षा निणन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसीको नतिजा आइतबार र्सार्वजनिक गरेको छ। नियमित र एक्जाम्टेडतर्फगरी २ लाख १५ हजार २४ परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । नियमिततर्फ६३दशमलव ७३ र एक्जाम्टेडतर्फ३२ दशमलव २४ प्रतिशत उत्तर्ीण्ा भएका हुन् । नियमिततर्फ१ लाख ९५ हजार ६ सय ८९ र एक्जाम्टेडतर्फ१९ हजार ३ सय ३५ उत्तर्ीण्ा भएका
छन् । चैत ४ देखि १४ गतेसम्म भएको परीक्षामा ३ लाख ६७ हजार ४१ जना सामेल थिए ।
यस पटक कक्षा १० को पाठ्यपुस्तकबाट मात्र प्रश्न सोधिएकाले उत्तर्ीण्ा प्रतिशत बढेको परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले बताए । 'दस कक्षाबाट मात्र प्रश्न निकालिएको र पहिलेका वर्षा जस्तो द्वन्द्वको असर नभएकाले उत्तर्ीण्ा प्रतिशत बढेको हुनसक्छ,' उनले भने । उत्तर्ीण्ामध्ये नियमिततर्फछात्र ६८ प्रतिशत र छात्रा ५९ प्रतिशत छन् ।
नियमिततर्फउत्तर्ीण्ामध्ये ९ हजार ८ सय ८२ जना विशिष्ट श्रेणी प्राप्त छन् । यसैगरी प्रथम श्रेणीमा ७४ हजार ७ सय ७, सबैभन्दा धेरै दोस्रो श्रेणीमा १ लाख ५ हजार ५ सय ९२ र तृतीय श्रेणीमा ५ हजार ५ सय ८ छन् । एक्जाम्टेडतर्फपहिलो श्रेणीमा ६ सय ३५, दोस्रोमा १५ हजार ७ सय ९३ र २ हजार ९ सय ७ जना तेस्रो श्रेणीमा उत्तर्ीण्ा छन् ।
सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षा मध्यरातमा मात्र नतिजा प्रकाशन गर्ने परम्परा तोड्दै यस वर्षसा“झ आठ बजे परीक्षाफल
प्रकाशन गरेको हो । समाचार संकलनका लागि नियन्त्रण कार्यालय हातामा सञ्चारकर्मीको भीड लागेको थियो । नियन्त्रक श्रेष्ठले छिटो नतिजा र्सार्वजनिक गर्न सकेकामा खुसी व्यक्त गरे ।
जन्ममिति नमिलेकालगायत प्राविधिक त्रुटिले १ हजार ४ सय ७७ परीक्षार्थी 'विथहेल्ड' मा परेका छन् । यो पटक विगतझैं
पा“च नम्बर ग्रेसमार्क दिइएको उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । विद्यार्थीको लब्धांकपत्र एक साताभित्र छापिने र असार महिनाभर विद्यालयहरूमा पुर्‍याइने जनाइएको छ ।
दर्ुर्ुइ विषयसम्म अनुत्तर्ीण्ालाई पूरक परीक्षाको मौका दिइएको छ । पूरक परीक्षा आगामी साउन २३ गतेबाट हुनेछ । परीक्षाको नतिजा गोरखापत्र र अन्नपर्ूण्ा पोस्ट दैनिकमा छापिने छन् । सरकारले २०६२ सालदेखि 'बोर्ड प्रथम' र 'सर्वोत्कृष्ट दस' घोषणाको प्रथा हटाएको छ ।--स्रोत कांतिपुर दैनिक

Comments

Sudin said…
yespali ta 64 % pass garyo ....hamro palo ma 37% jati thiyo....
Helpful Anil said…
ho ni yar..ahile ta dherai sajilo chha ni..ani hamro palama ta result 2 din pachi thaha hunthyo ahile ta second ma nai thaha huncha...Technology pani change bhai sakyo ni..

Popular posts from this blog

Kailash Mansarovar Yatra...(कैलाश मानसरोवर यात्रा)

जीवनको एउटा अभुत्पुर्व क्षण !

Comeback after a decade !!!